हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले उत्कृष्ट कृषक छनौट गरी पुरस्कृत गर्ने भएको छ । पालिकाका पुरस्कार कार्यक्रममा सहभागीका लागि हल्दीवारी बारी गाउँपालिका भित्रका इच्छुक कृषकहरुलाई निवेदन पेश गर्न आग्रह गरेको छ । 

पुरस्कारका लागि सूचना प्रकाशन भएको मिति (आज) आइतवारदेखि १५ औं दिन अर्थात  जेठ २५ गतेसम्म निवेदन दिन पालिकाले आग्रह गरेको छ । 

सो समय सम्ममा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यबिधि, २०८१ को अनुसुची २ र अनुसुची ३ को संलग्न ढाँचामा सम्बन्धित कृषि विकास शाखामा निवेदन पेश गर्न सूचना प्रकाशित गरिएको छ ।

 कार्यक्रम सम्बन्धी कार्यबिधि यस कार्यालयको वेभ साईटमा  www.haldibarimun.gov.np बाट डाउनलोड गर्न सकिनेछ । अन्य जानकारीका लागि पालिकानको कृषि विकास शाखामा सम्पर्क गर्न सकिनेछ । 

पुरस्कारका बिधाहरु खाद्यान्न बाली, तेलहन बाली, तरकारी बाली, फलफूल बाली, च्याउ खेती र मौरी पालन, बाख्रापालन, बगुरपालन, गाईभैसी पालन, कुखुरा र हाँसर मत्स्य पालन, घाँस खेतीमा संलग्न तथा कृषकले निवेदन दिन सकिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिए । 

निवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, जग्गा धनीपूर्जा वा भाडामा लिएको भए करार सम्झौताको पत्रको प्रतिलिपी, फार्म र कम्पनी व्यवसायको हकमा दर्ता र नविकरण र करचुक्ता प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नं. (पान नं.) प्रमाणपपत्रको प्रतिलिपी, सम्बन्धित वडाको सिफारिस पत्र चाहिने बताइएको छ ।  

haldibari 1