झापा ।
झापाको दमक नगरपालिका–३ बेलडाँगीबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको छ । लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचानाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले गएराति ९ः३० बजेको समयमा पक्राय गरेको हो ।
प्रहरीले बेलडाँगी सेक्टर नं. सी ३ हट नं. ३३८ बस्ने ४० बर्षिय सन्बिर तामाङको घरमा गई खानतलासी गरेको थियो । पक्राउ पर्नेमा सन्बिर तामाङको साथबाट लागू औषध खैरो हेरोईन प्लाष्टिक बाहेक ३३० मिलिग्राम फेला परेको थियो ।
साथै सोही घरबाट भाग्दै गरेको अवस्थामासोही स्थानका सेक्टर नं. सी ४ हट नं.५१६ बस्ने १९ बर्षिय रोमन गुरुङ समेतलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















