चन्द्रगढी ।
झापाको भद्रपुर नगरपालिका–९ मा केदारेश्वर बाल सस्कार पाठशाला स्थापना भएको छ ।भद्रपुर –९ स्थित केदारेश्वर शिव पान्चायन मन्दिरको संरक्षकत्व र जन कल्याण प्रतिष्ठानको सहकार्यमा बाल बालिकाहरुलाई सस्कार, सस्कृतिको बारेमा ज्ञान दिने उद्देश्यले उक्त पाठशाला स्थापना गरिएको हो ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन कार्यक्रममा नगर प्रमुख पोखरेल, उप–प्रमुख राधा कार्की, वडा अध्यक्ष राम दाहाल , पत्रकार राजु बराल र जन कल्याण प्रतिष्ठनन बिद्यालय बिभागका प्रदेश सदस्य इश्वर पोखरेलले शुभकामना मन्तब्य राखेका थिए ।
केदारेश्वर मन्दिर समिति अध्यक्ष भगीरथ नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सन्तोष ढुङ्गाना र सन्चालन बिरेन्द्र मल्लले गरेका थिए ।