झापा ।  

झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध कारोबार हुँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले आज (शुक्रवार) साँझ ५ बजेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय धुलाबारी झापा र  लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टााबाट खटिएको संयुक्त प्रहरी टोलीले झापा मेचीनगर–१० खयरडाँगीका ३३ बर्षिय मोहन चौधरीलाई र मेचीनगर–१५ का ३४ बर्षिय डिपलेस मेचेलाई पक्राउ गरेको छ । 

शंका लागेर चेक जाँच गर्दा उनीहरु मध्य मोहन चौधरीले मलद्धारमा लुकाएको अवस्थामा ब्राउन सुगर प्लाष्टिक बाहेक ५ ग्राम १७० मिलिग्राम फेला परेको थियो । 

दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याएर आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै उनीहरुले प्रयोग गरेको मे ९प ३९४९ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।