चारपाने ।
झापाको बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा विश्राम कटेज सञ्चालनमा आएको छ । चारपानेका स्थानीय युवा व्यवसायी खेमराज गिरीको एकल लगानीमा कटेज सञ्चालनमा आएको हो ।

अर्डर अनुसारका खाना तथा खाजासहित पेय पदार्थ पाइने कटेजमा उद्घाटनका अवसरमा खाना र खाजाका परिकारमा १५ प्रतिशत छुट प्रदान गरिने सञ्चालक गिरीले बताएका छन् ।
कटेजमा तीन दिन अर्थात जेठ ८, ९ र १० गते उद्घाटनका अवसरमा खाना तथा खाजाका परिकारमा १५ प्रतिशत छुट प्रदान गरिएको सञ्चालक गिरीले बताए । सञ्चालक गिरीका अनुसार कटेजमा बिशेष आकर्षण रुपमा ढुङ्गामा डामेको (पोलेको) मासु केजीमा पाइने गरेको छ ।
कटेजमा बिशेष आकर्षणका रुपमा ढुङ्गामा पोलेको मासु र सोर्मा रहेको छ । त्यस्तै किमा न्यूडल्स, मःमः, चाउमिन, सेकुवा, बोइल र साधेको मासु, मटन फ्राई, साथै सवै प्रकारका पेय पदार्थसहित चिया, कफी र अर्डर अनुसारका बिभिन्न परिकारका खाना तथा खाजाका परिकार उपलब्ध रहेको सञ्चालक गिरीले जानकारी दिए ।
कटेजमा शान्ता वातारणमा स्वच्छ तथा सफा पारिवारिक खानाका परिकार उपलब्ध रहेका छन् भने स्थानीय ठाउँमा डेलिभरीको समेत ब्यवस्था रहेको बताइएको छ । कटेजमा प्रत्यक्ष रुपमा ५ जनालाई रोजगारीसमेत दिइएको छ ।