झापा । 

झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरबाट अनलाईन अनलाइन जुवा खेल्ने आमाछोरी पक्राउ परेका छन् । उनीहरुलाई आज (बुधवार) २ः३० बजेको समयमा प्रहरीले पक्राउ गरेको हो । 

सट्टाबाजी अर्थात अनलाइन जुवा खेली खेलाई रहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आमा छोरीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कनकाई–८ लक्ष्मीपुरकी ४१ बर्षिया ईन्दिरा प्रसाई,उनकै छोरी २१ बर्षिया  की सिम्रन प्रसाई छन् । उनीहरुको साथमा रहेको ५ थान मोबाईल, २ थान ट्याब र १ वटा ल्याप्टपसहित उनीहरुकै घरबाट नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर राखिएको छ ।  थप  अनुसन्धानपछि उनीहरुलाई झापा जिल्ला अदालतमा उपस्थित गराई ४ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखेर अन्य अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।