झापा ।
झापाको बुद्धशान्ति गाँउपालिका–५ स्थित पाँच पोखरी सामुदायिक वनमा जंगली हात्ती मृत भेटिएको छ । आज (बुधवार) १ बजेको समयमा मृत हात्ती फेला परेको हो ।

के कुन कारण बिगत लामो समयदेखि बिरामी रहेको जंगली भाले (दँतार) हात्ती मरेको भन्ने खवर अस्थाई प्रहरी चौकी मंगलबारेमा जनकारी प्राप्त हुन साथ तत्काल प्रहरीको टोली घटना स्थल गएको थियो ।
अस्थाई प्रहरी चौकि मंगलबारेको प्रहरी टोली घटना स्थल पुगेर सुरक्षित राखेको छ । डिभजन वन कार्यालय भद्रपुर झापालाई खवर गरी वन कार्यालयको टोली आएर मुल्चुका गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।