हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले किसानलाई धानको उन्नत जातको बिउ बितरण शुरु गरेको छ । पालिकाले कृषकको ५० प्रतिशत र पालिकाको ५० प्रतिशत लागत साझेदारीमा धानको बिउ बितरण शुरु गरेको हो ।

पालिकाले शुद्धोधन कालानामक, तरहरा २,बहुगुणी २,हर्दिनाथ ६, रामधानलगायत ९ प्रकारका धानको बिउ वितरण शुरु गरेको छ । कृषकहरूबाट निवेदन माग गरेर सोही अनुसार ४ हजार २० के जी धान वितरण गर्न लागिएको हो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन महेन्द्रले जानकारी दिए ।
पालिकाले चालु आ.व.२०८१/०८२ मा संघीय सशर्त अनुदान तर्फ धानको उन्नत बीउ बिजन प्रयोगमा मूल्य अनुदान कार्यक्रम सञ्चालन गर्न कृषि विभागको समन्वय तथा सहकार्यमा बिउ बितरण गरेको हो । हल्दीबारी गाउँपालिकका सम्बन्धित कृषक, कृषक समूह, कृषक सहकारी सबैलाई उन्नत जातको बिउ बितरण गर्न शुरु गरेको हो ।