झापा ।
झापा गाउँपालिका–१ बाट भन्सार छलेर समान लिएर आउँदै गरेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आज (मंगलबार) दिनको ४ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोली नियन्त्रणमा लिएको हो ।

नम्बर प्लेट नखुलेको उक्त ट्याक्टर शंका लागेर चेकजाँच गर्दा नेपालबाट भारततर्फ भन्सार छलि लुकाई छिपाई लादैं गरेको अवस्थामा काक्रा ५० बोरा बिउ रहेको थियो ।
प्रति बोरा ५० केजीका दरले दुई लाख ५० बराबर मूल्यको काक्राका बिउसहित प्रहरीले ट्याक्टर नियन्त्रण गरेको हो । नियन्त्रण गरिएको ट्याक्टरसहित सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाईएको छ ।
साथै ट्याक्टर चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।