झापा ।
झापाको मेचीनगर नगरपालिक– ९ थोप्ले बिराममा आज (मंगलबार) बिहान ८ः२० बजेको समयमा भएको आगलागीमा १० लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ ।

मेचीनगर–९ का मणिराज अधिकारीको पहिलो तल्ला ईटाको गारो र दोस्रो तल्ला काठ र टिनले बेरेको टिनको छानो भएको दुई तले घरमा बिद्युत सर्ट भई आगलागी भएको थियो ।
आगलागीबाट घर पूर्ण रुपमा जलेर नस्ट भएको छ । उक्त आगलागी नेपाल प्रहरी, स्थानियबासी, मेचीनगरको दमकलको सहयोगमा बिहान ९ः२५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट लत्ता कपडा भाडा बर्तन एक लाख ५० हजार, फर्निचर एक लाख हजार, नगद ६० हजार, अन्नपात २० हजार र घरको ७ लाख गरी जम्मा १० लाख ८० हजार बराबरको क्षति भएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।