झापा । 

 झापाको भद्रपुर नगरपालिका–१० मा एक ब्यक्तिको लडेर मृत्यु भएको छ । भद्रपुर–१० का अन्दाजी ६०–६५ बर्षिय  निगे राई भद्रपुर– ९ डाँगीबारीस्थित भित्री सडक खण्डमा रहेको कल्बटबाट लडेर मृत्यु भएको हो । 

आज (मंगलबार) राई अन्दाजी ८–१० फिट तल  लडेर घोप्टो परेको अवस्थामा मृत अवस्थामा फेला परेको हुन् । कानुनी प्रकृया तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट क्इऋइ सहितको टोली खटिएको प्रहरीले जनाएको छ । 

लाशको सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोष्माटमको लागि प्रादेशिक  अस्पताल भद्रपुर झापा  पठाईएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

मृतक राई बिहान अन्दाजी ८ बजे तिर घरबाट हिडेको र उनी पहिला देखिनै मापसे गरी हिड्ने बुझिएको र थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।