झापा ।
कोशी प्रदेशमा घरेलु हिंसा बढ्दो क्रममा देखिएको छ । धेरै महिलाहरूमा हिंसा, पीडा र त्रासवढ्दै गएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार मोरङ, सुनसरी र उदयपुर जिल्लामा माघदेखि चैत महिनासम्म ८४ वटा महिला हिंसाका घटनाहरू अभिलेख गरिएका छन् । तीमध्ये ७१ प्रतिशत घटना घरेलु हिंसाका छन् ।

ओरेकको प्रतिवेदन अनुसार अधिकांश घटनामा महिलाहरू आफ्नै श्रीमान् वा घरका सदस्यबाट मानसिक, शारीरिक, आर्थिक र यौनिक हिंसाको शिकार भएका छन् ।
८४ घटनामध्ये ६० घटना घरेलु हिंसाका हुन्, जसमध्ये ५४ वटा घटनामा श्रीमानबाट भएको हिंसा अभिलेख गरिएको छ । १३ वटा हिंसा घरका अन्य सदस्यबाट भएको पाइएको छ भने अन्य घटनाहरू छिमेकी, प्रेमी, चिनिने वा अपरिचित व्यक्तिहरूसँग सम्बन्धित छन् ।
जबर्जस्ती करणी, यौन दुव्र्यवहार र बाल यौन हिंसा जस्ता १६ घटना प्रतिवेदनमा छुट्टै समेटिएका छन् । त्यस्तै, सामाजिक बहिष्कार, साइबर धम्की र अपमान जस्ता ८ वटा घटना पनि उल्लेख गरिएका छन् ।