अर्जुनधारा ।
नेपाल प्रेस युनियन कोसी प्रदेश कार्यसमिति सदस्य कल्पना कडरियालाई मातृशोक परेको छ । उनकी ६६ वर्षीय आमा पदमकुमारी कडरियाको आइतबार बिहान ६ . ४५ बजे आफ्नै निवासमा निधन भएको हो ।

अर्जुनधारा नगरपालिका - ९ प्रणामीटोल निवासी पदमकुमारीका श्रीमान डिल्लीराम, छोरी कल्पना, छोरा बुहारीहरु कमल - रमा , गोपाल - रोजी छन। पदमकुमारी अर्बुद रोगबाट पीडित थिइन। काठमाडौँ, पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइएको पदमकुमारी तीनदिन अघिमात्र स्वास्थ्य परीक्षण गराएर घर फर्केकी थिइन ।
कल्पना २०६५ सालदेखि ०७६ सालसम्म नवसंचार गृह प्रालिको लेखासँगै व्यवस्थाकको जिम्मेवारीमा छिन । उनले प्रतिदिन दैनिक लगायत विभिन्न संचारमाध्यममा काम गरिसक्नु भएको छ ।
हाम्रो सहकारी सन्देश त्रैमासिकको प्रकाशन समिति सदस्य रहेकि कल्पना विराटनगरमा सम्पन्न अधिवेशनबाट प्रेस युनियनको प्रथम अधिवेशनबाट सदस्य चयन भएकी थिइन ।
उनि अहिले हाम्रो नेपाल साकोस बिर्तामोड, भरत - विराट विश्रान्ती, महिला उद्यामी संघ झापासँग आबद्ध छिन। कल्पनाले भरत - विराट विश्रान्तीको सहयोगार्थ एक लाख समर्पण गरेकि छिन।