झापा । 

 झापाको मेचीनगर नगरपालिका–३ भावनाटोलमा आगलागी भएको छ । आज (आइतवार) ४ बजेको समयमा मेचीनगर नगरपालिका–३–भावनाटोलका सुरेन्द्र लिम्बुको टीको बेरा टिनको छानो भएको २ तले घरमा आगलागी भएको छ । 

लिम्वुको टाटीको बेरा टिनको छानो भएको २ तले घरमा कोही नभएको अवस्थामा अचानक विद्युत सर्ट भएर घरमा आगोलागी भएको थियो । उक्त आगलागी मेचीनगर नगरपालिकाको दुई वटा दमकल, प्रहरी र स्थानियहरुको सहयोगमा ४ः४५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । 

उक्त आगलागीबाट घर र घर भित्र रहेको अन्नपात, भाडा बर्तन, लत्ताकपडा, काठपात पूर्ण रुपमा जलेर नष्ट हुदाँ सात लाख रुपैयाँ बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।