- दीपक दास
झापा ।
झापाको बाह्रदशी गाउँपालिका–२ छबिलाल टोल बासिन्दा २६ बर्षिया सुभद्रा किस्कु हुन् । स्थानिय पशुपति माध्यमिक बिद्यालय राजगढबाट एसएलसी तथा उच्च माध्यमिक (कक्षा–१२) पनि त्यहीँबाट सकेर मामली दुवागढी बसेर ४ बर्ष साइकलमा चाराअलीको त्रिदेब बहुमुखीमा बिएड सकिन् । बुबा नारायण किस्कु र आमा सुनिता किस्कुले कहिले पढाईमा अवरोध गरेनन्। स्थानियले भने गिज्याए यति की छोरी पढ्न बाहिर जाँदा आफै आफु खुशी बिहे गर्ली भनेर ।

आफु भन्दा ठुली दिदि, दाई अनि बैनीकी धनी सुभद्रालाई यो पंक्तिकार दीपक दासले भेट्दा उनमा भएको आत्मबिश्वासले पंक्तिकार अचम्ममा परे । पंक्तिकारले आगाडी सोधपुछ गरे, तिमि सन्थाल परिवार, बाबु आमा अर्कोका अधिया गर्ने अनि तिम्रो यति लामो पढाई यात्रा, कसरी सम्भव भयो ? उत्तरमा शुभद्राले भनिन् ‘दाजुले पनि सहयोग गर्नुभयो, अनि मामल बसेर एमएड अन्तिम बर्षको पढाई सुरुङ्गामा डेरा गरेर बसे अनि पढाईसँगसँगै निजामती सेवामा जाने सपना त्यो बेला थियो ।’ उनको सपनामा तुसरापत लाग्यो, जब उनले शिक्षा सकाय लिएर निजामतीमा अवसर पाउन गाह्रो लाग्यो । तर, सुभद्राले पढाईसँग मिल्दो जुल्दो सरकारी जागिरको तयारी गर्नतर्फ लागिन् शिक्षा सेवा आयोग।
२ पटकको परिक्षामा आफ्नो नाम निकाल्न सफल भइन् । ‘शिक्षा सेवामा नाम निस्कियो, अहिले प्राबितर्फ नाम निस्कियो । तर, माबिसम्म पढाउछु।, मैले पढाउने महेन्द्र माबि झापा गाउँपालिकामा मेरा समुदायका स–सना धेरै विद्यार्थी छन् ।, जो अहिले हामी पनि धेरै पढेर सुभद्रा मिस जस्तै बन्ने छौ ,भनेको सम्झेर गर्व महसुस भएको छ ।’ सुभद्रा बताउछिन् ।
उनले भनिन् ‘मेरो समुदायमा सबैले पढदैनन, पढेपनि बिचैमा छोडेर बिदेश जाने, बिवाह गर्ने चलन धेरै रहेको छ ।’ आफ्नो परिवार त्यती धेरै पढ्ने नभएता पनि मामलीतर्फ मामा जिसु मुर्मु नगरपालिकामा वडासचिब, माइजु सुनिता सोरेन नगरपालिकामा सह–लेखापाल भएको र उनीहरुबाट प्राप्त प्रेरणाले आफुलाई पढाई सकेर जागिर खाने उत्प्रेरणा मिलेको उनी बताउछिन्।
उनको सपना त साकार भएको छ, तर, उनीबाट म पंक्तिकार अझै प्रभावित भए जब उनले आफ्नो समुदायको उत्थानमा पनि काम गर्दै छु भनिन्। उनी नेपाल सन्थाल उत्थान संघको बाह्रदशी गाउँ पालिका कमिटीको कोषाध्यक्ष भएको समेत बताइन् । सो सस्थाबाट समाजसेवा गर्दै आफ्नो सन्थाल समुदायका बाल बालिकालाई आफुले जानेको आफ्नो भाषा, लिपी र सस्कृतिको जगेर्नामा लागेको उनले बताइन् ।
समुदायको हितका लागि सस्था र पालिकाले प्रदान गर्ने कार्यक्रमको दुई भाषा नेपाली र सन्थालीमा कार्यक्रम सन्चालन गर्ने गरेको उनले सुनाइन् । नियुक्ति भएको छ महिनासम्मको पैसाले उनले आफ्नै सबारी साधान किनेको समेत बताइन। ‘सुरुमा नागरिकता पाउनै गाह्रो भयो बुबा, आमाको जन्मसिद्ध थियो, पछि नागरिकता पाएपछि सवारी साधनको लाइसेन्स पनि निकाले । यसरी समाजको उदाहरणको रुपमा तिमि मात्र हो भन्दा उनले थपिन् ‘म जस्तै झापाकै झापा गौरीगन्ज गाउँपालिकाकी तालु बास्केले समेत एमएड सकेर शिक्षण गर्दै गरेको र रामवती मुर्मुले पनि लोक सेवाको तयारी गर्दै गरेका छन् ।