झापा ।
झापाको गौरीगञ्ज गाउँपालिका–२ आपगाछि बजारस्थित भित्री सडक खण्डबाट लागूऔषधका साथमा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई शनिवार ४ः२० बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतबाट तुलाचन चौकतर्फ आउँदै गरेको प्र.१–०२–०४३ प ८२०९ नम्बरको मोटरसाईकललाई प्रहरी चौकी कोरोबारी र बिओपी लालमाटीबाट खटिएको संयुक्त गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
मोटरसाईकल पछाडी सवार दमक नगरपालिका–३ फनपार्कका अन्दाजी १९ बर्षिय मिङसो लिम्बुको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकसहित ९ ग्राम ८५० मिलिग्राम फेला परेको थियो ।
मोटरसाईकल र मोटरसाईकल चालक कमल गाउपालिका–५ का २२ बर्षिय सुजन तोलाङ्गी समेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनासहित मोटरसाकइल इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याएर अनुसन्धान भईरहेको छ । यसैगरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















