बिर्तामोड । 

झापाको बिर्तामोड–५ को सामाजिक कल्याण फाउण्डेशनले अपाङ्ग बाल सरोकार  केन्द्र अर्जुनधारामा आश्रित बालबालिकालाई एक दिनको खाना खुवाएको छ । 

सामाजिक कल्याण फाउण्डेशनले महिनामा एक दिन सामाजिक कार्य गर्ने कार्यक्रम अन्तरगत शनिवार बालबालिकालाई एक छाक खाना खुवाएको फाउण्डेशनका अध्यक्ष प्रज्वल कडरियाले जानकारी दिए । 

यसअघि पनि रक्तदानलगायतका सामाजिक कार्यहरु गर्दै आएको फाउण्डेशनले  सरोकार केन्द्रमा आश्रित १३ जना बालबालिकाहरुलाई दालभात, तरकारी, मासु खानेलाई मासुलगायतका खाद्यन्न खुवाएको थिए । यस्तै फाण्डेशनका पदाधिकारी तथा सदस्यहरुले बालबालिकाहरुसँगै बसेर खाना पनि खाएका थिए । 

कार्यक्रममा अध्यक्ष प्रज्वल कडरिया, सचिव संदेश बुढाथोकी, कोषाध्यक्ष नेलिना कट्टेललगायत अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको समेत उपस्थित रहेको थियो ।