झापा । 

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–३ पाराबारीमा बुबाले छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । शिवसताक्षि –३ पाराबारीका ४० बर्षिय मनकुमार तामाङले आज (शनिवार) बिहान ७ः१५ बजेको समयमा खुकुरी प्रहार गरेका हुन् । 

बुबा  र उनको छोरा १८ बर्षिय सुसन तामाङ बिच घरयासी बाद–बिबाद भएर झै–झगडा मनकुमार तामाङले उनका छोरा सुसन तामाङलाई खुकुरी प्रहार गरेरटाउको र दाहिने खुट्टाको घुँडा पछाडि खुकुरीले काटरे घाइते बनाएका छन् । 

 प्रहरी चौकी धरमपुरबाट गएको  प्रहरी टोलीले घाइतेलाई उपचारको लागि निम्स अस्पताल दमक पठाएको छ । घाइतेको अवस्था मध्यम रहेको साथै उपचारमा छिमेकी रबिन लिम्बु संलग्न रहेको प्रहरीले जनाएको छ । 

खुकुरी र खुकुरी प्रहार गर्ने ब्यक्ति इलाका प्रहरी कार्यालय भिलभिलेको नियन्त्रणमा रहेका छन् भने इलाका प्रहरी कार्यालय   झिलझिलेले घटनाका बिषयमा थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।