झापा ।
झापाको गौरीगञ्ज गाँउपालिका वडा नम्वर ३ ठेकीटोलामा गएराति हावाहुरीले क्षति पुर्याएको छ । ठेकीटोलाकी मिनादेवी राजवंशीको टिनको छाना, बाँसको टाँटीले सेन्ट्री बेरा गरेको एक तले दुई कोठे घरमा क्षति पुर्याएको हो ।

गएराति १०ः३० बजेको समयमा पानीसँगै आएको हावाहुरीले घरको छाना उडाई क्षति पुर्याएको थियो । उक्त क्षतिको इलाका प्रहरी कार्यालय गौरीगञ्जमा आज (शनिवार) बिहान ९ः ० बजे जानकारी प्राप्त हुना साथ प्रहरीको टोली घटना स्थल गएको थियो ।
प्रहरीको टोलीले घटना स्थल पुगेर बुझ्दा कुनैपनि मानविय र चौपाय क्षति नभएको घरको छाना पुरै उडाउँदा अन्दाजी ३५ हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।