झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा जारी सिन्डिकेट विरोधी अभियानमा ब्यवसायीहरुले ऐक्यवद्धता जनाएका छन् । पाँच सय बढी वैदेशिक रोजगार व्यवसायीले मलेसियाको सिन्डिकेट विरोधी अभियानमा ऐक्यबद्धता जनाएका छन् । 

बुधबारदेखि  हातमा कालोपट्टी र कालो ब्यानरसहित सिन्डिकेट विरोधी आन्दोलनमा उत्रिएको संघले सबै व्यवसायीलाई सिन्डिकेट विरोधी संघको अभियानमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।

बुधबार २९६ व्यवसायीले ऐक्यबद्धता जनाएका थिए भने बिहीबार थप २०० बढीले ऐक्यबद्धता जनाएको भन्दै संघका अध्यक्ष भुवनसिंह गुरुङले सबै व्यवसायीबाट ऐक्यबद्धता आउने अपेक्षा रहेको बताए ।

बुधबारदेखि संघका पदाधिकारी तथा पूर्वअध्यक्षहरूले कालोपट्टी बाँधेर सिन्डिकेट विरोधी अभियान सुरु गरिएको बताएका थिए । संघले आफ्ना सदस्यहरूलाई सिन्डिकेटमा सहभागी नहुने लिखित प्रतिबद्धता माग गरेको छ । करिब १ हजारको संख्यामा रहेका व्यवसायीमध्ये दुई तिहाइभन्दा बढी व्यवसायीले मलेसियामा कामदार पठाउने गरेका छन् ।

संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले संघले सुरुवात गरेको आन्दोलन सिन्डिकेट बाइकट नगरी नरोकिने भन्दै विरोधमा ऐक्यबद्धता जनाउन व्यवसायीहरूलाई आग्रह गरेका थिए ।