झापा । 

हावाहुण्डरीका कारण आफ्नै घर भत्किएर किच्दा झापामा एक जनाको मृत्यु भएको छ । गएराति ११ः५० बजेको समयमा झापाको हल्दीबारी गाउँपालिका–स्थित त्रिवेणीमा एक जनाको मृत्यु भएको हो । 

हावा हुण्डरीले हल्दीबारी गाउँपालिका–५ त्रिबेणी चोकका ६५ बर्षिय मानबहादुर मगरको मृत्यु भएको छ । आफ्नै टिनको छाना भएको टाडेघरमा सुतिरहेको उनको हावाहुण्डरीले घर भत्काई घारको बिमले थिची रहेको अवस्थामा स्थानियले देखेका थिए ।

 त्यो अवस्थामा मगरलाई देखेसँगै बाहिर निकालेर हेर्दा उनको मृत्यु भईसकेको थियो । कानुनि प्रक्रिया लगायतको कार्य हुँदै गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।