झापा ।
झापाको गौरीगञ्ज गाउँपालिका–३ गौरीगञ्ज बजारबाट लागूऔषध, नगद र कार सहित तीन जना कारोबारी पक्राउ पक्राउ परेका छन् । गौरीगञ्ज बजार BR ३७AJ९९५२ उल्लेखित भारतिय नम्बरको मोटरसाईकललाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले शंका लागि बुधवार साँझ ५ः३० बजे चेकजाँच गरेको थियो ।

मोटरसाइकल चेकजाँच गर्दा मोटरसाईकल चालक भारत किसनगञ्ज जिल्ला खनियाबा–७ फुलबरियाका १९ बर्षिय मोनाजिर आलमको साथबाट बरामद भएको एइऋइ मोबाईलमा भारतिय नम्वरबाट लागू औषधको भिडियो पठाएको भेटिएको प्रहरीले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त लागुऔषध देश भारत किसनगञ्ज जिल्ला खननियाबाद–५ फत्तेपुरका ५८ बर्षिय भोला ठाकुरसँग रहेको जानकारी भएपछि उनलाई खोजतालास गर्ने क्रममा गौरीगञ्ज गाउँपालिका–३ बाट प्रतिबन्धित लागूऔषध व्राउन सुगर प्लाष्टिक बाहेक १००.०९० ग्राम फेला परेको थियो ।
उनको साथबाट Nitrazepam Tablets IP १०mg १० पत्ता (१०० ट्यावलेट) र Codeine phosphate and triprolidine hydrochloride syrup !)) ml कपगा २ बोतलसहित बरामद गरी उक्त लागूऔषध खरिद गर्न आउने ब्यक्ति झापा दमक नगरपालिका–५ का संजय भन्ने भुपेन्द्र राईलाई समेत नियन्त्रण गरिएको छ ।
राईलाई गौरीगञ्ज गाउँपालिका–३ बाट ना १ च ९१६२ नं को कार भित्र बसिरहेको अवस्थामा फेला पारी उनले लागू औषध खरिद गर्न बोकेको नेपाली नगद.२ लाख ४३ हजार ५०० रुपैयाँका साथमा भएको आईफोन मोवाईल २ थान, कारभित्र लागुऔषध नापतौल गर्न प्रयोग गर्ने डिजिटल तराजु १ थान सहित फेला पारी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ् जबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।