झापा ।
झापाको हल्दीबारी गाँउपालिका–२ आसमानबारीमा शौचालय भित्र एक ब्यक्ति मृत भेटिएका छन् । हल्दीबारी–२ आसमानबारीका अन्दाजी ४२ बर्षिय दिलबहादुर राजवंशी शौचालयमा मृत भेटिएका हुन् ।

एक्लै बस्दै आएका उनी गएरातको समयमा शौचालय गएको उनका दाई राजकुमार राजवंशीले बताएका छन् । उनले चर्पी जाँदा भित्रबाट ढोका बन्द रहको र धेरै समयसम्म पनि ढोका नखोलेको जानकारी दिएका छन् ।
दाई शौचालयबाट ननिस्केपछि उनले टेलीफोनमार्फत प्रहरीलाई जानकारी गराइएको बताए । जानकारी प्राप्त हुन साथ प्रहरीको टोली गएर शौचालयको ढोका भित्र लगाएको चुकुल खोली हेर्दा चर्पि बस्दा बसेकै ठाउमा मृत अवस्थामा भेटिएका थिए ।
प्रहरीले े घटना स्थल सुरक्षित राखेर थप अनुशन्धान तथा कानुनी प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कानुनी प्रकृया पुरा गरी लाश पोष्ट मार्टमको लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको जनाइएको छ ।