झापा ।
विहेको माइक हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । विवाहमा बाँसमा बाँधेको माइक अचानक आएको हावाहुरीले ढलेपछि हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको हो ।

गएराति ९ः२० बजेको समयमा मोरङ रतुवामाई नगरपालिका– ३ मिर्चाडाँगीका मंगललाल सिंहका छोरा निरजकुमार सिंहको विवाहमा माइक बाँधेको बाँसमा अचानक आएको हावाहुरीले ढलेको थियो ।
बाँधेको बाँस ढलेर हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट प्रवाह भई उनका छिमेकी ७३ वर्षीया सूर्यदेवी गनगाई र सोही स्थानकी ७० वर्षीया रामुदेवी गनगाईको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि रंगेली अस्पताल रंगेलीमा लगिएकोमा उपचारको क्रममा राति १० बजे दुबै जनाको मृत्यु भएको थियो ।
त्यस्तै सोही स्थानकी ३० वर्षीया राधाकुमारी सिंह घाइते भएकी छन् । उनलाई नगर अस्पताल झुर्कियामा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । दुवैको शव रंगेली अस्पतालमा रहेको र घटनाका बिषयमा इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।