सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले धादिङको थाक्रे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग अन्तरक्रिया गरेको छ । अन्तरपालिका अध्ययन अवलोकन भ्रमणको क्रममा मंगलबार कनकाई नगरपालिकामा आइपुगेको वाग्मती प्रदेश धादिङको थाक्रे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको टोलीलाई कनकाईमा स्वागत गर्दै अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, थाक्रे गाउँपालिकाका उपाध्यक्ष यन्द्रबहादुर थापा, थाक्रेका प्रशासकिय अधिकृत बमबहादुर केसी, कनकाई नगरका कार्यपालिका साथै न्यायिक समितिका सदस्य नवल कीशोर दत्तले दुबै पालिकाले गरेका असल अभ्यास, न्यायिक समितिबाट भएका कार्यसम्पादन, प्रशासनिक गतिविधि लगायतका विषयमा छलफल गरेका थिए । यसैगरी उनीहरुले एक आपसमा अनुभव आदान–प्रदानसमेत गरेका थिए ।
थाक्रे गाउँपालिकाका उपाध्यक्ष थापाले कनकाई नगरले गरेको स्वागत सम्मान उच्च सम्मान गर्दै पालिका पालिका बिचमा नयाँ कार्ययोजना वनाएर काम गर्न सहज हुने बताएका थिए भने कनकाई नगरको बारेमा नगरका आईटी प्रमुख खगेन्द्र मिश्रले जानकारी गराएका थिए । स्वागत प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले गरेको कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत जमुना कटुवालले गरेकी थिइन् ।