झापा ।
आइतवार साँझ आएको हावाहुरीले झापाको बाह्रदशीमा लगाइएको केराखेतीमा ठूलो क्षति पुगेको छ । साँझ ५ः ३० बजेतिर आएको हावाहुरीले बाह्रदशी गाउँपालिका–७ बत्तीसबिघेमा स्थानीय १५ घरधुरीले अन्दाजी ३० बिघा जग्गामा लगाएको केराको बोटहरु ढाली क्षति पु¥याएको हो ।

जसबाट अन्दाजी ५१ लाख बराबरको क्षति भएको छ । आज बिहान पीडितहरुले इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी गराउन साथ प्रहरी टोली घटना स्थल पुगेको थियो ।
प्रहरी टोलीले स्थलगत रुपमा अवलोकन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।