झापा । 

झापामा पानीसँगै आएको हावाहुरीले झापाका बिभिन्न स्थानमा क्षति पु¥याएको छ । आइतवार दिउँसोदेखि साँझसम्म आएको पानीसहित हावाहुरीले मेचीनगर, दमक र हल्दीबारीमा क्षति पु¥याएको छ । 

हावाहुरीले उद्योग, स्थानीयहरुको घरमा क्षति पु¥याउँदा ६ लाख १० हजार मूल्य बराबरको क्षति भएको छ । आइतवार अन्दाजी ४ बजेको समयमा पानीसँगै आएको हावाहुरीले मेचीनगरको एउटा उद्योगमा क्षति पु¥याउँदा २ लाख २० हजारको इाति भएको छ । 

मेचीनगर–१५ गाईनाबारीस्थित मेचीनगर–१० धुलाबारी बस्ने कपिल क्षेत्रीलगायत २÷३ जनाले सामुहिक रुपमा संचालन गरेको कामक्ष इण्डष्ट्रिज प्राईभेट लिमिटेड (प्लाई उद्योग) मा पानीसंगै आएको हावा हुरीले पिलिङ भवनको पश्चिम साईडको ट्रस, जस्ताले बनेको छाना उडाएको छ । त्यस्तै सोहि ठाँउमा जडान गरेको १ वटा सीसिटिभी क्यामेरा समेत पनि फुटाउँदा .२ लाख २० हजार मूल्य बराबरको क्षति भएको  थियो । प्रहरी चौकी ज्यामिरगढीबाट प्रहरी टोली घटना स्थलमा गएको थियो । 

साँझ अन्दाजी ५ बजेको समयमा अबिरल बर्षासंगै आएको हावा हुरीले दमक नगरपालिका–८ का ५५ बर्षिय  दुर्गा प्रसाईले संचालन गरेको दुर्गा काटा गल्ला भण्डारमा ( फापर, धान, मकै) स्टोर गरेको हलको ३५ वटा जस्ता पाता पुर्ण रुपमा उडाएको र छानाको भागमा रहेको फलामको पाईपहरु समेत बाङ्गिई क्षति भएको थियो  । 

उक्त स्टोर हलको भित्र रहेको ५५÷६० बोरा फापर समेत पानीले भिज्दाएक लाख ५०हजार मूल्य बराबरको क्षति भएको थियो । उक्त स्थान इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली  गएको थियो । 

त्यस्तै साँझ ६ बजेको समयमा अबिरल बर्षा संगै आएको हावा हुरीले दमक नगरपालिका–४ संगम चोककी ३८ बर्षिया कमला अधिकारीको डेढ तले पक्की घरको माथीको तलाको सिडी छोप्ने जस्ता उडाउँदा .३० हजार मूल्य बराबरको क्षती भएको थियो । 

साथै सोही स्थानका ५२ बर्षिय भीम प्रसाद सिक्देलको पक्की घरको माथिलो तलाको दुई वटा कोठाको जस्ता उडाउँदा ६० हजार मूल्य बराबरको क्षति भएको जनाइएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली  गएको थियो । 

 साँझ ६ बजेकै समयमा हल्दिबारी गाउँपालिका–४ बलटोलका ६९ बर्षियको सकलदिप साहको टिनको छाना बाँसको टाटीबेराले बनेको तिन कोठे कच्चि घर पानी संगै आएको हावा हुरीले उडाएर  पुर्ण रुपमा क्षति हुँदा एक लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो स्थानमा प्रहरी चौकी जलथलबाट प्रहरी टोली गएको थियो ।