शनिश्चरे ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित टाङटिङ खोलाबाट सात वटा ट्याक्टर नियन्त्रण गरिएको छ । खोलाको निषेधित क्षेत्रमा अवैध रुपमा बालुवा उत्खनन गरी लोड गरिरहेको अवस्थामा शुक्रवार र शनिवार ती ट्याक्टरहरु नियन्त्रण गरिएको हो ।

सशस्त्र प्रहरीले १.प्र १–०१–००१ त ८२३०, मे.१.त ४३४२, ३.प्र.१–०१–००१ त ८२३०, प्र १–०३–००१ त २३९५, प्र १–०१–००१ त ८०३५, प्र १–०१–००१ त ९४६६ र प्र १–०१–००१ त ८९७९ नम्बरका ट्याक्टर नियन्त्रण गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश शनिश्चरे झापाबाट खटिएको आईडी नम्बर ९९५७ का सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक राउतकसहित ५ जनाको मोवाईल गस्ती टोलीले खोला उत्खनन गरी लोड गरिरहेको अवस्थामा नियन्त्रण गरेको हो ।
ट्रयाक्टर नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि आज (आइतवार) ११ः२० बजेको समयमा अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।