झापा ।
झापामा श्रीमानले श्रीमतीको धारिलो प्रहार गरी हत्या गरेका छन् । झापा कनकाई नगरपालिका–२ सुकेडागीका अन्दाजी ३५ बर्षिय कविराज हेमरनले गएराति ११ः२० बजेको समयमा हत्या गरेका थिए ।

उनले श्रीमती अन्दाजी ३४ बर्षिया पुजा हेमरनसँग झै–झगडा गरी आफु सुत्ने कोठामा धारीलो हतियार खुकरीले घाटीमा प्रहार गरि मारेको अवस्थामा उनको लाश भेटिएको प्रहरीले जनाएको छ ।
खोजतलाशको क्रममा कविराज हेमरनलाई सुरुङ्गा सडकबाट नियन्त्रणमा लिइएको छ । घटना स्थाल सुरक्षित राखिएको, खुकुरी घटना स्थलवाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
थप अनुसन्धान इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट भइरहेको छ भने लाश पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।