झापा।

सामुदायिक वन उपभोक्ता महासंघ झापाको २१ औँ परिषद् सभा विभिन्न कार्यक्रम गरेर सम्पन्न भएको छ। महासंघका जिल्ला अध्यक्ष बेदप्रकास भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय कार्यसमिति सदस्य एवंम झापा ईन्चार्ज रोहिणी प्रसाद गौतम रहेका थिए।

यसैगरी जिल्ला वन कार्यालयका वन अधिकृत जिवन पाठक, महासंघका प्रदेश सदस्य ख्याम सिटौला,न्यायिक समिति सदस्य घनश्याम खनाल, मेचीनगर नगर महासंघका अध्यक्ष जानुका ओली, अर्जुनधारा महासंघका अध्यक्ष  भानु श्रेष्ठ , पत्रकार अमित खम्बु लगायतको आतिथ्यता रहेको थियो।

 कार्यक्रममा विभिन्न विधामा सम्मान र पुरस्कार वितरण गरिएको थियो जस अन्तर्गत चन्द्रमान राई स्मृति पुरस्कारबाट जिल्ला वन कार्यालय झापाका  वन अधिकृत जिवन पाठक र पत्रकार अमित खम्बुलाई नगद ७ हजार र कदरपत्रले सम्मान गरिएको थियो।

यसैगरी उत्कृष्ट सामुदायिक वनको सम्मान भेलागुडी र मागुरमाडी विट नं २   लाई प्रदान गरिएको थियो भने उत्कृष्ट वन अध्यक्ष  दुर्गाभिट्टाका धनराज गुरूङ र कन्काई सामुदायिक वन उपभोक्ता समुहका ख्याम ओलीलाई  कदरपत्र र दोसल्लाले सम्मान  गरिएको थियो।यसैगरी उत्कृष्ट जिल्ला सदस्य श्यामराजा पुरी लाई  कदर पत्रले सम्मान गरिएको थियो ।

 कार्यक्रममा अध्यक्ष बेदप्रकास भण्डारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष देवीका अधिकारीले  ४७ लाख ८० हजार ६ सय ९५ रूपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन। उपाध्यक्ष चन्द्र तामाङ्गले स्वागत गरेको कार्यक्रम सचिव खिम आङवोले सञ्चालन गरेका थिए।