बिर्तामोड । 

वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम अधिवेशनबाट अध्यक्ष र सह–सचिव निर्बिरोध  निर्वाचित भएपनि अन्य पदहरुमा सहमति नजुटेपछि आज (शनिवार) बिर्तामोड निर्वाचन सम्पन्न भएको छ । 

गत बैशाख २६ गते बिर्तामोडमा भएको प्रथम अधिवेशनबाट अध्यक्षमा धनबहादुर पंधाक र सह–सचिवमा सरिता बराल निर्विरोध निर्वाचित भएका थिए । 

तर, अन्य पदका लागि भने आज बिर्तामोडमा निर्वाचन भएको हो । निर्वाचनपछि भएको मत गणनाको अन्तिम मत परिणाम अनुसार प्रथम उपाध्यक्षमा राजन सिलवाल ७७ मत र द्धितीय उपाध्यक्षमा ४७ मत प्राप्त गर्दै प्रकाश राई निर्वाचित भएका छन् । उनीहरुका प्रतिद्धन्दी  अजयकुमार देव ८, अन्जु लामिछाने १७, कर्णबहादुर पौडेल १७ र नारायण कोइरालाले २९ मत प्राप्त गर्दै पराजय भएका छन् । 

सचिवमा ५६ मत प्राप्त गर्दै निरकुमार खत्री निर्वाचित भएका छन् भने उनका प्रतिद्धन्दी गौरीमान राईले २५ र चन्द्रप्रसाद पाठक (सीपी) ले २१ मत पाएका छन् । कोषाध्यक्षमा कृष्ण खतिवडाले ७४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने उनका प्रतिद्धन्दी बिनोदकुमार राईले १९ र कुमार लिम्बुले ७ मत प्राप्त गरेका छन् । 

यसैगरी सदस्यमा पुष्पराज प्रसाई ८२, टंक सिटौला ७६, ओमप्रकाश भट्टराई ७२, देबेन्द्रप्रसाद प्रसाई ७१, राजेन्द्र पौडेल ६७, प्रेम निरौला ६३, कृष्णमाया तामाङ (कुसुम) ६१,  लुमनकुमारी निरौला ५४, दुर्गादेबी सुब्वा लिम्बु र हितेश अग्रवालले बराबर मत प्राप्त गरेका छन् । 

उनीहरुले ४६÷४६ मत प्राप्त गरेका हुन् । ४ बर्ष कार्यकाल रहेको संघमा पहिलो २ बर्ष दुर्गादेबीले र दोस्रो २ बर्ष अग्रवालले कार्य सम्पादन गर्ने सहमति भएको निर्वाचन समितिले जनाएको छ । 

गोपाल लामिछाने संयोजक रहेको निर्वाचन समितिमा एकराज गिरी र अधिवत्ता खगेन्द्र खरेल सदस्य रहेका थिए । सपथ ग्रहण, पदहस्तान्तरण र प्रमाणपत्र बितरण केही दिनमा गरिने निर्वाचन समितिले जनाएको छ । संघमा एक सय ७ वटा म्यानपावर सदस्य रहेकामा १०३ मत खसेको निर्वाचन समितिले जनाएको थियो ।