चारपाने ।
नारी सञ्चार गृह झापाको आयोजनामा ‘पत्रकारितामा नयाँ प्रविधि’ बिषयक दुई दिने तालिम शुरु भएको छ । आज (शनिवार) बाट झापाको बिर्तामोड–२ चारपानेस्थित सहारा नेपाल साकोसको सभाहलमा तालिम शुरु भएको हो ।

गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि प्रसाई र सहारा नेपाल साकोसका कार्यकारी प्रमुख तथा कार्यक्रमका बिशेष अतिथि महेन्द्रकुमार गिरीले शुभकामना मन्तव्य राखेका थिए ।
तालिमको सहजीकरण आमसञ्चार बिज्ञ तथा प्रशिक्षक भानुभक्त आचार्यले गरिरहेका छन् । उनले बढ्दो एआई र त्यसको प्रभावका बिषयमा प्रशिक्षण दिइरहेका छन् । तालिममा झापाका २५ वढी सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । तालिम भोलि आइतवार समापन हुनेछ ।
बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको नारी सञ्चार गृह झापाकी सदस्य दीपा सापकोटा पोखरेलले जानकारी दिइन् ।