झापा ।
ताप्लेजुङ्गको फुङलिङ नगरपालिका–४ तोक्मे डाँडामा धारिलो हतियार प्रहार हुँदा एक जना घाइते भएका छन् । शुक्रवार साँझ ७ बजेको समयमा धारिलो हतियार खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङ्ग फुङलिङ नगर कमिटीका अध्यक्ष २८ बर्षिय सन्तोष लिम्बु घाइते भएका छन् । उनीमाथि अचानक बाटोमा हिडरहेको बेला मोटोरसाईकल रोकेर फुङलिङ–४ मा बस्ने २५ बर्षिय अशोक लिम्बु र २४ बर्षिय सुरज लिम्बुले धारिलो हतियार खुकुरी प्रयोग गरेर घाईते बनाएका हुन् ।
घाइतेको अवस्था मध्यम रहेको र उनको जिल्ला अस्पतालमा ताप्लेजुङ्ग उपचारपछि थप उपचारको लागि झापास्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।