बिर्तामोड ।
झापाको बिर्तामोड र दमकमा गएराति ग्याङ फाइट भएको छ । बिर्तामोड नगरपालिका–६ स्थित स्यालडाँगी चोकमा गएराति ९ः५५ बजेको समयमा दमक नगरपालिका–५ क्याम्पस मोड ८ बजे ग्याङफाइट भएको थियो ।

बिर्तामोड–६ का १७ बर्षिय आरएन राजवंशी सोही स्थानका १३ बर्षिय बिष्णु खवास र उनका साथिहरु तत्काल नाम थर वतन नुखुलेको ६ जना र
बिर्तामोड–६ का १३ बर्षिय राज सुन्दाससहित उनका अन्य साथिहरु तत्काल नाम, थर, वतन नखुलेको ८/९ जना बिच गालिगलोज गरेको भन्ने बिषयलाई लिएर झै–झगडा भएको थियो । झै–झगडामा आरएन राजवंशीको टाउकोमा चोट लागेको छ । उनको उपचारको बीएण्डसी अस्पताल बिर्तामोड ल्याएर उपचार भइरहेको र अवस्था मध्यम रहेको छ ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीले गएर राज सुन्दास र बिष्णु खवास दुई जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर राखिएको छ । अन्य फरार रहेको व्यक्तीहरुको खोजतलास भइरहेको र घटनाको बिषयमा थप भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
यसैगरी दमक–५ क्याम्पस मोडमा दमक–१०, सेतुमारी का २५ बर्षिय केशव श्रेष्ठले सञ्चालन गरेको मोबाईल पसल अगाडी झै–झगडा भएको थियो । दमक–५ का ३० बर्षिय सुमन श्रेष्ठ र सोही स्थानका ३२ बर्षिय नबिन राईले मोटरसाईकल पार्किङ गर्ने बिषयमा बादविवाद भई कुटपिट हुँदा केशव श्रेष्ठको टाउकोमा चोट लागेको थियो । घाईते उनको निम्स अस्पताल दमकमा उपचार भई रहेको र अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली गएर कुटपिट गर्ने सुमन श्रेष्ठ र नबिन राईलगायत २/३ जना फरार रहेका र खोजतलास कार्य भईरहेको छ । सोही स्थानमा उनीहरुले पार्किङ गरी राखेको को २३ प ७१५३ र प्रदेश १–०१–०१७ प २९६० नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।