झापा ।
झापा अर्जुनधारा नगरपालिका–३ स्थित रहेको टाङ्टिङ खोलाबाट मापदण्ड बिपरित बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा दुई वटा स्काभेटर नियन्त्रणमा लिइएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक राजन लिम्बुको संयुक्त अनुगमन टोलीले आज (शुक्रवार) दिउसो ३ः३० बजेको समयमा खोलामा मापदण्ड बिपरित उत्खनन् गर्दै गरेको अवस्थामा स्काभेटर नियन्त्रण गरेको हो ।
अनुगमन टोलीले बा २ क ४६४७ नम्बरको र नम्बर नखुलेको एउटा दुई वटा स्काईभेटर नियन्त्रणमा लिएर अस्थाई प्रहरी चौकी खुदुनाबारी मार्फत स्काईभेटरलाई खोलाबाट निकाली स्थानियको गाई फर्म नजिकमा लगी सुरक्षित राखेर छ ।
पक्राउ गरिएका ती स्काभेटर आवश्यक कार्वाहीको लागि स्थानिय पालिका अर्जुनधारा नगरपालिकामा बुझाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।