बिर्तामोड ।
झापाका प्रतिष्ठीत ब्यक्तित्व बिनोद बस्नेत आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी बस्नेतले आफ्नै घरमा आज (शुक्रवार) झुन्डिएर आत्महत्या गरेका छन् ।

झापा बिर्तामोड–१ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली घटना स्थलतर्फ पुगेको छ । प्रहरीले घटना स्थल सिल गरेको छ ।
मृतक बस्नेत बिभिन्न सामाजिक तथा व्यवसायिक संघ–संस्थामाआवद्ध थिए । उनी झापा गोल्डकपका निवर्तमान अध्यक्ष, जेसीजका पूर्व अध्यक्ष, एकका लागि एक अभियानका सह–संयोजक, नेपाल उद्याोग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए । उनी सयपत्री ट्रेड लिंकसहित विभिन्न प्रतिष्ठानका सञ्चालक समेत हुन् ।
यसैगरी लामो समयदेखि जेसीज अभियानमा क्रियाशील बस्नेत वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष थिए । घटना स्थलमा प्रहरी पुगेको छ भने थप अनुसन्धान भइरहेको छ ।