झापा ।  

झापाको मेचीनगर नगरपालिका–६ बर्मेली टोलबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रण गरेको हो । 

भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर–१२ सरेणडाँगीका १९ बर्षिय भुमीराज राई र सोही स्थानका २२ बर्षिय इश्वर राईलाई बिहीवार १ः३० बजेको समयमा प्रहरीले पक्राउ गरेको छ । 

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन प्लाष्टिक बाहेक १ ग्राम ३२०  मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

उक्त लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।