झापा ।  

झापाको शिवसताक्षी नगरपालिका–८ मनहरामा पानीमा डुवेर एक जना बालिकाको मृत्यु भएको छ । शिवसताक्षी–८ स्थित मनहराका शिलुखिराम टुडुको १५ महिनाको छोरीको रोसिका टुडु घर निजकै रहेको सोही स्थानका खगेन्द्र खड्काको धान खेतमा जमेको पानीमा डुवेर मृत्यु भएको हो । 

बिहीवार अन्दाजी बिहान ९ः३० बजेको समयमा अचानक बालिका  डुबि रहेको अवस्थामा उनकै आमा कल्पना टुडुले देखेर पानीबाट निकालेर हेर्दा मृत्यु भई सकेकोले थियो । 

लाश घरमा ल्याएर राखेको इलाका प्रहरी कार्यालय शिवगञ्जमा प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय झिलझीले र शिबगञ्जबाट प्रहरी टोली गएर कानुनी प्रकृया पूरा गरेको थियो ।

लाशलाई पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।