अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिका–४ स्थित श्री दहिझोडा सामुदायिक बन उपभोक्ता समितिको बन समुह इलाकाको खुड्किलो भन्ने स्थानमा प्रहरीले काठ बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हेडक्वाटर झापा मातहत सुरक्षा बेश खुदुनाबारीबाट सशस्त्र प्रहरी टोलीले आज (बिहीवार) दिउँसो ३ः३० बजेको समयमा अवैध काठ बरामद गरेको हो । 

कनकाई सब डिभिजन कार्यालय सुरुङ्गा र  दहिझोडा सामुदायिक बन उपभोक्ता समितिको संयुक्त टोलीले सोहि ईलाकामा लुकाई छिपाई राखेको अन्दाजि १२ लाख २५ हजार मूल्य बराबरको अन्दाजि ३५० क्युफिट साल जातको गोलिया काठ बरामद  गरी आवश्यक कार्बाहीको लागि दहिझोडा सामुदायिक बन उपभोक्ता समितिको कार्यालयमा बुझाएको छ ।

उक्त बरामद गरिएको काठ सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका निमित्त गणपति एवं सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोख्रेलले जानकारी दिए।