झापा ।  

झापाको अर्जुनधारा नगरपालिका–८ बाट गएराति लागूऔषधसहित एक जना पक्राउ परेका छन् । बुधवार राती १०ः३० बजेको समयमा ब्राउन सुगरसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । 

अजर््ुनधारा–८ मा लागूऔषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी शनिश्वरेबाट  खटिएको प्रहरी टोलीले अर्जुनधारा–८ का ३२ बर्षिय अर्जुन राजवंशीलाई पक्राउ गरेको थियो । 

राजवंशीको खानतलासी लिँदा उनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्लास्टिक बाहेक ५०० मिलिग्राम  र घर बाहिर दाउरा राख्ने कटेरामा लुकाई राखेको प्लास्टिक बाहेक ३ ग्राम ९० मिलिग्राम र ९ वटा एम्पुल साथै नगद २७ हजार ६७० रुपैयाँ समेत फेला परेको थियो । 

उक्त लागूऔषधहरुसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीस्थित बिर्तामोडमा राखेर थप अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।