झापा । 

वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगार ठगीका उजुरीको चाङ रहेको छ । बिभागमा उजुरी घट्नुको साटो अझै वढिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगार ठगीका उजुरी अस्वभाविकरूपले बढेको बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलसँगको छलफलमा मन्त्री भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा सुधार गर्नुपर्ने प्रसंग उठाउँदै वैदेशिक रोजगार विभागमा ३६ सय उजुरी पुगेको बताएका छन् । उनले यस समस्याको समाधान हुनुपर्ने बताएका छन् । 

संघका अध्यक्ष भुवनसिंह गुरुङले ती उजुरी संस्थागत नभइ व्यक्तिगत भएको दाबी गरेका छन् । त्यसलाई स्पष्ट पार्दै मन्त्री भण्डारीले भने  ‘व्यक्तिगत भनेपनि त्यसमा प्रत्यक्ष–अप्रत्यक्ष को–को जोडिएका छन् त्यसको छानविन गरिनु पर्ने बताएका छन् । उनले  कतिपय व्यवसायी पनि जोडिएका हुन सक्ने बताउँदै छानबिन हुनुपर्ने बताएका छन् ।