झापा ।
झापाको बिर्तामोड–८ नारायण कृष्ण टोलबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । बिर्तामोड–८ स्थित कबिता रिमालको घरमा कोठा भाडा गरी बस्दै आएका उनीहरुले लागूऔषध कारोबार गरिरहेको छ भन्ने सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–७ का २६ बर्षिय खड्गसिंह माझी रसोही स्थानका २० बर्षिया मुस्कान भुजेल छन् । उनीहरुलाई मंगलबार ४ बजेको समयमा अस्थाई प्रहरी चौकी गरामनीको प्रहरी टोली गएर चेकजाँच गरेको थियो ।
उक्त घरको भुई तल्लामा कोठा भाडा गरेर बस्दै आएका उनीहरुलाई शंकास्पद अबस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरु सुत्ने बिस्ताराको सिरानी मुनी भित्र १२ थान हरियो र रातो प्लाष्टिकको पोका फेला परेको थियो ।
प्लाष्टिक भित्र खैरो हेरोईन जस्तो देखीने लिसाईलो पदार्थ फेला परेको र उक्त लागू औषधलाई डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक प्लाष्टिक बाहेक ३ ग्राम २२० मिलिग्राम भएको प्रहरीले जनाएको छ ।
उक्त लागूऔषध फेला परेसँगै दुबैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।