झापा ।
वैदेशिक रोजगारीका लागि तत्कालै दक्षिण कोरिया जाने व्यवस्था मिलाउन माग गर्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा धर्ना दिन गएका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

ईपीएसको भाषा परीक्षा पास गरेर उडानको प्रतीक्षा गरेको डेढ वर्षभन्दा बढी समय बितिसकेको भएपनि सरकारले रोजगारीमा पठाउन पहल नगरेको उनीहरूले गुनासो गरेका छन् ।
प्रहरीको लाठीचार्जपछि धर्नामा बसेका २ जना युवालाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक श्याम अधिकारीले दक्षिण कोरिया जान पाउनु पर्ने माग गर्दै सार्वजनिक यातायात नै अवरुद्ध हुने गरी सडक नै बन्द गरेर प्रदर्शन गरेपछि यातायात खुलाउने क्रममा लाठीचार्ज गर्नु परेको बताएका छन् ।