झापा ।
झापाको भद्रपुरमा सवारी दुघटनामा परी एक जनाको मुृत्यु भएको छ । स्कुटर दुर्घटनामा परी भद्रपुर नगरपालिका–२ स्थित गौरीशंकरका ३५ वर्षीय अनिल लिम्बुको मृत्यु भएको हो ।
गएराति ८ः४५ बजे मेची राजमार्गको चारआली–केचना सडकखण्डअन्तर्गत भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण बाहुनगाउँमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्कुटर चालक दमक नगरपालिका–२ का २९ वर्षीय रबिन फुयल सकुशल रहेका छन् । स्कुटर पछाडि सवार लिम्बूको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको थियो । लिम्बूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि विदेश जानका लागि बिर्तामोडको एक म्यानपावर पुगेर उनीहरू फर्किँदै थिए । लिम्बूलाई स्कुटर चालक फुयल घर छोड्न आएका थिए । वडा प्रहरी कार्यालय भद्रपुरले स्कुटर र स्कुटर चालक फुयललाई नियन्त्रणमा लिएको छ ।

















