दुर्गापुर । 

झापाको कनकाई नगरपालिका–३ को आर्थिक सहयोगमा ३० जना छात्राहरुका लागि तीन महिने कम्प्युटर तालिम शुरु भएको छ । वडाको महिला लक्षित कार्यक्रम अन्तर्गत वडाका १३ वटै टोलबाट सहभागीता हुने गरी ३० जना छात्राहरूलाई ३ महिने कम्प्युटर तालिम दिन शुरु गरिएको हो । तालिमको आइतबार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गर्दै उद्वघाटन गरिएको छ।

तालिमका लागि कनकाई–३ स्थित सुरुङ्गामा रहेको कनकाई कम्प्युटर ईन्स्टिच्युटसँग सहकार्य गरीएको र उक्त ईन्स्टिच्युटमा प्रशिक्षक प्रवेश घिमिरेवाट प्रशिक्षण गराईने आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई संस्थाकी  अध्यक्ष पुस्पा भट्टराई कडेलले जानकारी दिए।

तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई–३ का वडाध्यक्ष युवराज चौलागाईंले प्रशिक्षार्थीहरुलाई प्राप्त अवसरलाई सहि सदुपयोग गर्दै सीप सिक्न सुझाव दिएका थिए । प्रमुख अतिथि चौलागाईंले आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई केन्द्र सुद्व गैर नाफा मुलक संस्था भएकाले अन्य वडासहित नगरले पनि यस्ता संस्थासग सहकार्य गरि यस्ता कार्यक्रम दिनु पर्नेमा जोड दिए। उनले यस्ता तालिमहरु वडाले मात्रै होईन नगर तथा विभिन्न विद्यालयसहित संघ–संस्थाको  समन्वयमा पनि दिन जरुरी रहेको बताउदै यस्ता तालिमका लागि आगामी दिनमा समेत बजेटको ब्यस्थापन गर्दै प्राथमिकतामा राख्ने विश्वास दिलाएका थिए ।

कार्यक्रममा कनकाई ३ का वडा सदस्य गोविन्द सुवेदी, उद्योग वाणिज संघ प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेल, रोटरी क्लब अफ सुरुङ्गाका निवर्तमान अध्यक्ष शिवकुमार कडेल, सुरुङ्गा जेसिजका अध्यक्ष दिपेन्द्र प्रधानलगायतले वडाको प्राप्त अवसरलाई सहि सदुपयोग गर्दै सिप सिक्न सुझाव दिएका थिए । उनीहरुले उत्कृष्ट विद्यार्थी उत्पादन गर्नमा सुरुमा यस्ता तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताए।

आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष तथा कार्यक्रमकी सभाध्यक्ष पुस्पा भट्टराई कडेलले प्राप्त अवसरलाई निरन्तरता दिदै जतिसक्दो बुजेर मात्रै अगाडि बढन आग्रह गरे । उनले सिक्ने कुरामा प्राक्टिकल संघसंगै थेउरी पनि सिक्न सुझाव दिए। नेपाल सरकारको स्वामित्वमा रहेकोे निरक्षरलाई साक्षरता बनाउने उदेश्यले २०७० सालमा कनकाईमा स्थापना भएको  सुरुङ्गा सामुदायिक सिकाई केन्द्रले समाज परिवर्तनका लागि यस्ता विभिन्न तालिमहरु निरन्तर दिदै आएको संस्थाकी  अध्यक्ष कडेलले जानकारी दिइन् ।

यस अघि सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजनामा कनकाई १ मा १ महिने मन्टेश्वरी तालीम दिएको त्यसैगरी कनकाई ६ मा उद्धघोषण तथा माइन्यूट लेखन सँगसँगै क्षमता अविवृद्धि तालिम समेत दिएको संस्थाकी  कोषाध्यक्ष ममता सुवेदी सेडाईले जानकारी दिए।

कार्यक्रममा कार्यपालिका सदस्य कृष्णमाया भुजेल,वडा सदस्य अनिलकुमार गोयल, सहकार्य युवा क्लबका अध्यक्ष सुमन कार्की, कनकाई कम्प्युटर ईन्टिच्युट का ब्यवस्थापक द्वय डिल्लिराम घिमिरे, वडाका टोल संयोजक तथा प्रतिनिधि, वडाका महिला समुहका प्रमुख तथा प्रतिनिधि, समाजसेवी लगायत ६० जना भन्दा बढीको  उपस्थिति रहेको थियो । उपस्थित सबैलाई संस्थाकी उपाध्यक्ष मुनादेवी सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लीलादेवी प्रसाईले गरेकी थिइन् ।