दमक ।
झापाको दमक नगरपालिका–६ स्थित ढावा होटलमा एक युवती मृत भेटिएकी छिन् । शिवसताक्षी नगरपालिका–११ दुधेका भक्तबहादुर निरौलाको छोरी २४ बर्षिया करिश्मा निरौला होटलमा मृत फेला परेकी हुन् ।

उक्त होटलमा शनिवार अन्दाजी ११ बजे आएर कोठा न. १७ मा बसेकी ती युवती आज (आइतवार) अन्दाजी १०ः०० बजे सम्म पनि होटल सञ्चालक युवराज दंगालले बोलाउँदा नबोलेको ढोका समेत नखुलेको भन्दै प्रहरीलाई खवर गरेका थिए ।
सञ्चालक दंगालले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराउन साथ इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली आएर स्थानिय जन प्रतिनिधि तथा आफन्त समेतको रोहबरमा ढोका फोडेको थियो ।
ढोका फोडेर हेर्दा युतीले के–कुन कारण उक्त कोठाको सिलिङ फेनमा सलको पासो घाँटीमा लगाएको मृत अबस्थामा भेटिएकी थिइन् । प्रहरीले कानुनि प्रकृया पूरा गरी उक्त शव पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।