झापा ।
झापाको झापा गाउँपालिका–७ स्थित झागडटोलमा आगलागी भएको छ । आज (शुक्रवार) दिउँसो १ः३० बजेको समयमा झापा गाउँपालिका–७ बस्ने गोविन्द सिंह क्षेत्रीको टाटी बेरा, फुसको छानो भएको भान्सा घर र घरसँगै जोडिएको गाई गोठमा आगलागी भएको हो ।

अचानक चुलोबाट आगो सल्कीएर आगलागी भएको भन्ने २ बजेको समयमा प्रहरी चौकी शरणामतिमा जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी टोली गएर स्थानिय र प्रहरीको सहयोगमा २ः४५ बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
उक्त आगलागीबाट गोठ, भान्सा घरमा रहेको भाडा वर्तन पूर्ण रुपमा जलेर नष्ट र उक्त आगलागीबाट अन्दाजी ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।