लक्ष्मीपुर । 

झापाको लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा नेत्र नेपाल निर्वाचित भएका छन् ।  अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार मोहन लुइटेललाई पछि पार्दै  नेपाल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपालले ६२६ प्राप्त गर्दा  लुइटेलले २८३ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित नेपाल संयुक्त समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेद्वार बनेका थिए ।

उपाध्यक्षमा  छविलाल खतिवडाले ६२२ मत प्राप्त गर्दै सुरज शर्मा भण्डारीलाई पराजीत गरेका हुन् । सचिव पदमा बुद्धिसागर कट्टेल ५१२ मत, कोषाध्यक्षमा टेकबहादुर बस्नते ४१४ ले मत प्राप्त गर्दै निवाृचित बनेका छन् ।

महिला सदस्य पदमा संयुक्त समावेशी समूहकै गीता कार्की डाँगी ४८१ तारादेवी धमला४४३ रत्ना खड्का ३९८ मत प्राप्त गरेर निर्वाचित भएका भन् भने खुला सदस्यतर्फ चितबहादुर बस्नेतले ४६७ र गञ्जबहादुर बुढाथोकी ३८६ मत प्राप्त गरेर विजयी भएका छन् । 

एक हजार १७८ मतदाता रहेको खानेपानीको निर्वाचनमा ९४१ मत खसेको र ११ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अर्जुनधाराको केही वडा  र कनकाई नगरपालिकाका केही वडामा र बिर्तामोड–२ का केही स्थानमा खानेपानी संस्थाले सेवा पु¥याउँदै आएको छ ।