बुट्टाबारी ।
स्वच्छ समाजका लागि सामाजिक अभियान झापालाई बिर्तामोडका प्रसाई परिवारले आर्थिक सहयोग प्रदान गरेका छन् । बिर्तामोड–५ निवासी सामाजिक ब्याक्तित्व लक्ष्मीप्रसाद प्रसाइले स्वच्छ समाजका लागि सामाजिक अभियान अर्जुनधारा ११ झापालाई आफ्नो पितृहरुको सम्झना र दृष्टिबिहिन एवम् असहाय बृद्व बस्ने आवास निर्माणका लागि एकधुर जग्गा गरिदका लागि रकम प्रदान गरेका हुन् ।

जमिन खरिद गर्न अभियानले एकधुर एक ब्याक्ती सहयोग संचालन कार्यक्रम अन्तर्गत एकधुर बराबर ७१ हजार एक १०१ रुपैयाँ सामाजिक अभियन्ता एवम् समाजका अध्यक्ष गणेश ढुङ्गानालाइ हस्तान्तरण गरेका हुन् ।
अभियानले अर्जुनधारा, बिर्तामोड, सुरुङ्गा एवम् मेचिनगरको विभिन्न स्थानबाट टुटेफुटेका सिसा, प्लास्टिक, फलाम आदि फोहोर संकलन गरि बिक्री गरि आएको संकलित रकम एवम् देश बिदेशका सहयोगी मनका धनी ब्याक्तित्वहरुले दिएको रकमले अर्जुनधारा–११ स्थित देवनिया प्रगतिटोल स्थित २ कटा ७ धुर जमिन खरिद गरेको छ । तर, केही रकम अझ भुक्तानी गर्न रहेकोले सहयोगी मनका धनिहरुले सहयोग गरिरहेको अभियन्ता डुङ्गानाले बताए ।
हाल आवासका लागि संकलित फोहोर बिक्री गरि आएको रकमबाट ढुङ्गा गिटि खरिद गरि सोही जमिनमा भवन निर्माण पनि थालिएको बरिष्ठ सल्लाहकार बोलप्रसाद कोइरालाले बताए ।
सामाजिक अभियन्ता ढुङ्गनाकोले आफ्नो सम्पूर्ण समय सामाजिक कार्यमा लगागाएर तथा उनले थालेको कार्य मानवसेवामा समर्पित र थालेको कार्य फते गर्न सक्ने ब्याक्ती रहेकोले आफ्नो श्रीमति निरा प्रसाईं, छोरा समीर प्रसाईं र छोरी समिक्षा प्रसाइबाट सो रकम प्रदान गरिएको प्रसाइले बताए । असहाय, दृष्टिबिहिनहरुलाइ बस्ने आवास निर्माणका लागि दिनरात खटेको देखेरै आफुले सहयोग गरेको र निर्माण सम्पन्न भएर बस्न पाउन भन्दै प्रसाइले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा अतिथिहरु सामाजिक ब्याक्तित्व अस्मिता तामाङ्ग, भुपेन्द्र श्रेष्ठ, रोशन कन्दङ्गवा, सस्थाका आर्थिक संयोजक बुद्धिलाल चौधरी, बरिष्ठ सल्लाहकार बिपि कोइरालालगायतले सहयोगका लागि प्रसाई परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सामाजिक अभियन्ता गणेश ढुंगानाले गरेका थिए ।