झापा । 

ट्याकटर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ भने चालक र अर्का सह–चालक घाइते भएका छन् । गएराति ९ः३० बजेको समयमा खोटाङ बराहपोखरी गाउँपालिका–६ मौवाबोटेमा दुर्घटना भएको थियो । 

चिसापानीबाट बंशिलाघाटतर्फ गोलिया काठ बोकेर जाँदै गरेको प्र–२–०३–००१ त ८१८८ नं. को ट्याकटर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी  १०० मिटर तल खसेरको थियो । 

दुर्घटनामा ट्याकटर चालक खोटाङ जन्तेढुङगा गाउँपालिका–४ का अन्दाजी २२ बर्षिय सुमन दाहालको टाउँको, दुबै खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका थिए । 

ट्याकटरको सह–चालक तेह्रथुम लालिगुराँस नगरपालिका–२ अन्दाजी १६ बर्षिय निर्मल गुरुङको टाँउको र शरीरको विभिन्न भागमा चोट लागेर घाईते भएका छन् । घाईते दुबैलाई उपचारको लागि धरान घोपा पठाइएको र घाईते दुबैको अवस्था तत्काल बोल्न सक्ने मध्यम रहको रहेको छ । 

सोही ट्याकटरका अर्को सह–चालक खोटाङ जन्तेढुङगा गाउँपालिका–५ का अन्दाजी २०–२१ बर्षिय रोशन बि.क.को घटना स्थलमै मृत्यु भएको थियो । 

मृतकको लाश तत्काल घटना स्थलमै रहेको र उक्त ट्याक्टरमा ३ जना सवार रहेको बताइएको छ । घटना स्थलमा प्रहरी चौकी हुक्नाजोर प्रहरी टोली  गएर घटना स्थलको सुरक्षित राखेको प्रहरीले जनाएको छ ।